कर्णाली नदीमा श्रमदान गर्न जाँदा बेपत्ता भएका युवाले गुमाए ज्यान

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

बर्दियाको कर्णाली नदीमा श्रमदान गर्न जाँदा बेपत्ता भएका युवाको शव फेला परेको छ। गेरुवा गाउँपालिका- १, ओखरिया इन्टेकमा श्रमदान गर्न जाँदा बेपत्ता भएका राजापुर नगरपालिका- ४, शान्तिपुरका १८ वर्षीय  नारायण चौधरी शव फेला परेको हो ।

शनिबार बिहान ९ बजेदेखि  इन्टेकमा पाँच हजारजनाको सहभागितामा श्रमदान गरिएको थियो। सामूहिक प्रयासबाट अस्थायी तटबन्ध गरी वर्षौंदेखि गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा किसानले नहरमा पानी ल्याएर सिँचाइको व्यवस्थापन गर्दै आएका थिए। धान रोप्ने वेला भएसँगै सिँचाइका लागि पानीको अभाव हुन नदिन किसानले श्रमदान गर्न गएका थिए।  

श्रमदान गर्न गएकामध्ये चौधरी कर्णाली बेपत्ता भएलगत्तै श्रमदान गर्न  गएका व्यक्ति, नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत चौधरी खोजी गरेका थिए। खोजी गर्दै जाने क्रममा साढे ३ बजे चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए।

 उनले भने, 'बेपत्ता भएका चौधरीको शव  साढे ३ बजे  फेला परेको थियो। शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पठाइएको छ।'

सुझावित समाचार