नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर, प्रज्ञा प्रतिष्ठानका रंगमञ्च सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीका रंगमञ्च सहायक रामकुमार बोहराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार आरोपपत्र दायर गरेको हो।

०६९ मंसिर १ गतेदेखि लागू हुने गरी राजपत्र अनंकित तृतीय श्रेणीसरहको रंगमञ्च सहायक पदको (स्थायी) ओहाेदा पाउन बोहराले तरुण मावि बालाजुको सेन्टअप (कक्षा १०) को मार्कसिट र ट्रान्सफर सर्टिफिकेटलगायतका नक्कली प्रमाणपत्र पेस गरेकाे अख्तियारको दाबी छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा बोहरालाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना मागदाबी गरिएको छ।

सुझावित समाचार