रास्वपाको विधान संशोधन मस्यौदा तयार

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

प्रथम महाधिवेशनमा जुटेको रास्वपाले विधान संशोधन मस्यौदा तयार पारेको छ । सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित उपसमितिले मस्यौदा केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पठाएको छ ।

सचिवालयबाट बिहीबार अनुमोदन गर्ने तयारी छ । यसैगरी अभिलेखीकरण दस्ताबेजीकरण उपसमितिबाट स्मारिका प्रकाशनको काम भइरहेको छ । हल व्यवस्थापन उपसममितिले द्रुत गतिमा काम गरिराखेको महामन्त्री बुर्लाकोटीले बताए । 

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि आउने गृहकार्य छ । महामन्त्री बुर्लाकोटीले प्रतिनिधि दर्ता गर्ने र अभिलेख रुजु गर्ने काम गरिरहेको बताए । उनका अनुसार प्रतिनिधिलाई एउटा नोटप्याडसहित किट, कलम, क्लियर ब्याग, कार्यक्रम तालिका, प्रतिवेदनहरू हरेक सेसनमा प्रस्तुत गरिसकेपछि वितरण गरिन्छ ।

हार्ड कपी र अनलाइनबाट उपलब्ध गराइनेछ । हलमा प्रतिनिधिको सुरक्षाका लागि आकस्मिक स्वास्थ्य सेवादेखि लिएर आवश्यक प्रबन्ध गरिएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार करिब एक हजार पर्यवेक्षक र स्वयंसेवक खट्ने तयारी छ । 

See More On

सुझावित समाचार