वैदेशिक रोजगारीमा जाने नेपाली घटे

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

रोजगारीका लागि विदेश जानेको संख्या जेठ महिनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार जेठमा ६१ हजार ७२ युवाले श्रम स्वीकृति लिएर सयवटा मुलुक पुगेका छन्। उक्त संख्या पछिल्लो तीन महिनायताकै कम हो।

विभागका अनुसार वैशाखमा ७४ हजार ४२९ र चैतमा ६१ हजार ८१९ युवाले विभिन्न देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। चैत र वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो।

जेठमा श्रम स्वीकृति लिनेमध्ये रोजगारीका लागि पहिलोपटक बिदेसिनेको संख्या बढी छ। विभागका अनुसार पहिलो पटक रोजगारीमा जानेको संख्या ३१ हजार ७०१ र पुनः श्रम स्वीकृति लिनेको संख्या २९ हजार ३७१ रहेको छ।

विगतमा जस्तै रोजगारीका लागि मलेसिया जानेको संख्या धेरै छ। जेठमा १४ हजार १९२ युवाले रोजगारीका लागि मलेसिया जान श्रम स्वीकति लिएका छन्। त्यसपछि युएईका लागि १२ हजार ४५५, कतारका लागि १० हजार २१० र साउदी अरेबियाका लागि ७ हजार ५१० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

सुझावित समाचार