रास्वपा पर्साको कार्यवाहक सभापतिको जिम्मेवारी तुलसा पौडेल अधिकारीलाई

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जेठ २६ मा सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको बैठकले महत्त्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ।

गत शनिबार जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य बुद्धिबहादुर पन्त (हरि)को अध्यक्षतामा बसेको बैठकले तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्षमा मनोनीत गरेको छ। बैठकले अधिकारीलाई कार्यवाहक सभापतिको जिम्मेवारीसमेत प्रदान गरेको छ।

बैठकले जिल्ला अनुशासन आयोगबाहेक जिल्लामा रहेका सम्पूर्ण विभागहरू खारेज गरी पुनर्गठन गर्ने निर्णय पनि गरेको छ। पार्टीको संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउन विभागहरूको पुनर्गठन गर्न लागिएको बताइएको छ।

सुझावित समाचार