ललितपुर महानगरमा सबै किसिमका जरिवाना शुल्क अब अनलाइन प्रणालीबाट तिर्न सकिने

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले डिजिटल जरिवाना व्यवस्थापन प्रणाली ‘एलएमसी ई-चलान’ सञ्चालनमा ल्याएको छ।

सोमबारदेखि  नै सञ्चालनमा ल्याइएको यस प्रणालीले  अनधिकृत पार्किङ जरिवानादेखि महानगरसँग सम्बन्धित सबै जरिवाना तिर्न सहज हुनेछ । सवारीसाधन चलाउँदा गल्ती गरेकाहरूले तुरुन्तै क्युआरमार्फत जरिवाना शुल्क तिर्न सक्नेछन्। उक्त क्युआर नगर प्रहरीले प्रदान गर्नेछ ।

यसअघि जरिवाना भुक्तानी तिर्न बैंक तथा  कार्यालयमै जानुपर्ने अवस्था थियो । तर, अब जहाँ जरिवानामा परियो त्यहीँबाट जरिवाना बुझाउन सकिनेछ ।

महानगरका मेयर चिरिबाबु महर्जनले सेवा प्रवाहलाई सहज र प्रविधियुक्त बनाउन डिजिटल जरिवाना तिर्न मिल्ने सिस्टम लागू गरिएको बताए। उनका अनुसार अनधिकृत पार्किङ, जथाभावी फोहोर फालेमा, अनुमतिविना खुला क्षेत्रमा आगो बालेमा, महानगरभित्र रहेका बगैँचा, फूल र बिरुवाहरूमा क्षति पुर्याएमा लगायत महानगरपालिकाले तिराएको जरिवाना शुल्क क्युआरबाट गर्न सकिनेछ ।

सुझावित समाचार