बर्दिया संरक्षणपीडित समितिले नगरप्रमुखहरूको हस्ताक्षर दुरुपयोग नगरेको दाबी

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

बर्दिया संरक्षणपीडित समाजले बर्दियाका स्थानीय तहका नगरप्रमुखहरूको हस्ताक्षर दुरुपयोग नगरेको जनाएको छ । बर्दिया संरक्षणपीडित समाजले एक विज्ञप्ति जारी बर्दियाका स्थानीय तहमा नगरप्रमुखहरूको हस्ताक्षर दुरुपयोग नगरेको जनाएको हो । 

संरक्षणपीडित समाजले ६ वैशाख २०८३ मा काठमाडौंमा ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण’ विषयमा छलफल, रायसुझाव संकलन तथा आगामी कार्यदिशा निर्धारणका लागि अभियानको क्रममा कार्यक्रम आयोजना विज्ञप्तिमा उल्लेख गरेको छ । सो कार्यक्रममा पालिका नगरप्रमुख, बर्दिया संरक्षणपीडित समाज, वन्यजन्तुपीडित नागरिकहरू, प्रतिनिधिसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू, पत्रकारलगायतको उपस्थितिमा कार्यक्रम गरिएको संरक्षणपीडित समाजले विज्ञप्तिमार्फत जनाएको छ । 

संरक्षणपीडित समाजले  निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तु संरक्षणका क्रममा पीडित नागरिकहरूलाई न्याय प्रदान गर्नु, मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्नु र मानवीय सुरक्षालाई प्राथमिकतामा राख्नु रहेको थियो । कार्यक्रमको अवसरमा उपस्थित सम्पूर्ण व्यक्तिहरूबाट हस्ताक्षर संकलन गरिएको थियो । त्यसैगरी, जनप्रतिनिधि तथा पीडित नागरिकहरूको सक्रिय सहभागितामा करिब सात सय बढी हस्ताक्षर संकलन गरी सम्बन्धित निकायमा पेश गर्नका लागि तीन प्रति तयार पारिएको थियो । सो छलफलको निष्कर्षसहित उक्त हस्ताक्षरहरू हामीले सम्बन्धित निकायमा पेस गरेका थियौँ ।’

तर बर्दियाका पाँच स्थानीय तहका पालिका प्रमुखहरूले २९ जेठ २०८३ मा जारी गरेको  विज्ञानप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  पालिकाले जारी गरेको विज्ञप्तिमा  ‘कथित समूह’ को संज्ञा दिइएको संरक्षण पीडित नागरिक समाज बर्दियाका संयोजक निखिल गिरी, विकास प्रेमी युवा समुह बर्दियाका अध्यक्ष गोपाल निरौला, गेरुवा रिभोलुसन समुह बर्दियाका संयोजक रमेश विश्वकर्मा र सक्रिय युवा समाज बर्दियाका अध्यक्ष निश्चल न्यौपाने  हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 विज्ञप्तिमा भनिएको छ, ‘दातृ निकायहरू, संरक्षण साझेदार संस्थाहरू, बर्दिया राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा कार्यरत निकायहरूलाई अनावश्यक लाञ्छना लगाउने वा संरक्षण प्रयासलाई कमजोर बनाउने हाम्रो कुनै पनि उद्देश्य नभएको  विषयमा हामी स्पष्ट गर्न चाहन्छौँ । हस्ताक्षर दुरुपयोग भन्ने आरोप पूर्ण रूपमा भ्रामक, कपोकल्पित र निराधार हो । हाम्रो तर्फबाट हस्ताक्षर दुरुपयोग भएको छैन । आमजनता र वन्यजन्तु पीडित नागरिकहरूका नाममा आफ्नो अर्थ राजनीतिक रोटी सेक्ने काम पुरानो भइसकेको छ । तपाईंहरू निर्वाचित भएर चार वर्ष बितिसक्दा पनि नआएको विज्ञप्ति, नबोलेको भाषा, नियम कानुन र दातृ निकायहरूको रटान अहिले कसरी आयो रु हामी सधैँ जनता र पीडित नागरिकहरूको पक्षमा उभिएर जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौँ।’

सुझावित समाचार