मिथिला थाली रेस्टुरेन्ट खरिद गर्दाको पैसा नतिरेको आरोपमा सन्तोष साह पक्राउ

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंको गैरीधारास्थित मिथिला थाली रेस्टुरेन्ट खरिद गर्दाको पैसा नतिरेको उजुरीमा चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शनिबार जनकपुरमा पक्राउ गरेको हो। 

साहविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौैंमा बैंकिङ कसुर(चेक बाउन्स)को जाहेरी दर्ता छ। सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साहलाई पक्राउ गरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। 

गैरीधारामा शाहले एक करोड ३० लाखमा पुरानो रेस्टुरेन्ट खरिद गरेर मिथिला थाली चलाएका हुन्। त्यसबापत उनले चेक दिएका थिए। तर, डेढ वर्ष हुँदा पनि चेक नसाटिएपछि शकुन्तला थापा अधिकारीले जाहेरी दिएकी थिइन्। सोही मुद्दामा उनी पक्राउ परेका हुन्। चेक बाउन्सको मुद्दामा मिलापत्र गर्न सकिने कानुनी प्रावधान छ। 

सुझावित समाचार