बयान नसकिएपछि दीपक भट्ट र सुलभ अग्रवाल न्यायिक हिरासतमा

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

अहिलेसम्मकै ठुलो वित्तीय अपचलन मुद्दाका मुख्य आरोपीद्वय दीपक भट्ट र सुलभ अग्रवालको विशेष अदालतमा बयान सुरु भएको छ। बयान नसकिएपछि दुवैजनालाई अदालतले न्यायिक हिरासतमा पठाएको छ। 

सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टविरुद्ध २६ अर्ब तथा अग्रवालविरुद्ध २५ अर्ब बिगो कायम गरी मुद्दा दायर भएको हो। उनीहरू दुई महिनाभन्दा लामो समयदेखि थुनामा छन्। 
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार शुक्रबार भट्टको आधा मात्र बयान सकिएको छ। सुलभको सुरु नै भएको छैन । उनीहरूलाई सोमबार पेस गर्ने आदेश भएको सूचना अधिकारी हितानले बताइन्। 

भट्ट र अग्रवालविरुद्ध धितोपत्र, बिमा र बैंकिङ कसुरमा पनि बिहीबार छुट्टै मुद्दा दायर भएको छ। सत्ताको आडमा उनले अर्बाैँको वित्तीय अपचलन गरेको छानबिनमा खुलेको छ । निर्वाचनपछि नयाँ सरकार बनेलगत्तै उनीहरूमाथि अनुसन्धानले तीव्रता पाएर मुद्दा दायर भएको हो। 
 

सुझावित समाचार