विपिन आचार्य भन्छन्– सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने परम्परा अन्त्य हुनुपर्ने बताएका छन्। उनले संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको टिप्पणी गरेका छन् ।

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले भने, ‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ । तर, यदि जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ ।’

ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउनु नहुने उनको भनाइ थियो।

सुझावित समाचार