रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएलगत्तै अधिवेशन स्थगित भएको हो । अधिवेशन व्यवस्थापकीय कमजोरी र फितलो कार्यसम्पादनका कारण विवादितसमेत बनेको छ ।

निर्वाचन प्रक्रिया सुरु भएलगत्तै मतदाता नामावली, उम्मेदवारी दर्ता र कार्यतालिका कार्यान्वयनमा देखिएको अन्योलका कारण अधिवेशन नै अस्थायी रूपमा स्थगित भयो ।

रास्वपाको केन्द्रीय निर्वाचन समितिले प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको भन्दै २४ घण्टाअगावै नयाँ मिति घोषणा गर्ने जनाएको छ ।

बुधबार बिहान करिब १:३० बजे सुरु भएको मतदान केही समयमै विवाद भएपछि मतदान प्रक्रिया रोक्न निर्वाचन समिति बाध्य भएको थियो । त्यसवेला निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सभापति र प्रदेश सदस्य पदका लागि मतदान अघि बढाएको थियो ।

सुझावित समाचार