श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनिने कुमार थापामगरमाथि पाँच दिन म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले थापालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
तारकेश्वर नगरपालिका– ६, पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय थापा आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरीमाथि फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।
गत शुक्रबार राति १०ः१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको थियो।