उदयपुरको लिम्चुङबुङमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु, सहचालक सकुशल

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज (बुधबार) बिहान लिम्चुङबुङ गाउँपालिका– १ र ३ को सिमानामा पर्ने सेतीढुंगा खहरे खोलामा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार कात्तिकेबाट ढुंगा लोड गरी वडा नम्बर १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र. ०१–००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो तथा भिरालो कच्ची सडकमा फसेपछि निकाल्ने क्रममा दुर्घटनामा परेको हो ।

उनले भने, ‘ट्याक्टरको ब्रेक फेल भई अनियन्त्रित बनेपछि ब्याक सर्दै सडकबाट करिब ५० मिटर तल खोलामा खसेर पल्टिएको थियो ।’

दुर्घटनामा ट्याक्टरचालक लिम्चुङबुङ गाउँपालिकानिवासी ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरमा सवार २७ वर्षीय सहचालक प्रदीप राई भने सकुशल रहेको खड्काको भनाइ छ ।

सुझावित समाचार