नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै गुरुङलाई गृह मन्त्रालयमै फर्काएका हुन् भने पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका छन्।
मन्त्रीद्वयले शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेका हुन्।
विवादित व्यापारी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। छानबिन समितिले आरोप पुष्टि हुने आधार र प्रमाण फेला नपरेको निष्कर्ष दिएपछि उनी गृहमा फर्किएका हुन्।