प्रहरीले चेक अनादर मुद्दामा फरार प्रतिवादीलाई झन्डै तीन वर्षपछि पक्राउ गरेको छ । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ५ का ३२ वर्षीय विजय विकलाई सल्यान शारदा नगरपालिका– २ खलंगा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला अदालतले ०७९ चैतमा विकलाई १० दिन कैद र दुई हजार जरिवानासहितको सजाय फैसला गरेको थियो । पक्राउ परेका विकलाई आवश्यक कारबाहीका लागि सल्यान जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।