प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश गर्नै लाग्दा विपक्षी दलले विरोध जनाएपछि सभामुखले बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने मागसहित विपक्षी सांसदहरूले सभा अवरोध गर्दै आएका छन्।
आजको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले करका दरको विषयलाई लिएर अर्थमन्त्रीले समेत राजीनामा दिनुपर्ने माग गरे।