भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

सोमबार दिउँसो शीतलनिवासमा भएको भेटमा लामिछानेले भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भएको भ्रमणका गतिविधिबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।

भेटका क्रममा उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग भएको भेटघाट, द्विपक्षीय चासोका विषयमा भएका छलफल तथा भ्रमणका समग्र उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएको रास्वपाले जनाएको छ।

सुझावित समाचार