राष्ट्रिय स्वतन्त्र पार्टीका संगठित सदस्यको संख्या पाँच लाख नाघेको छ। निर्वाचनपछि सदस्यता लिनेको संख्या बढेको छ।
संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार बिहीबारसम्म पाँच लाख १२ हजार ७४५ जनाले रास्वपाको सदस्यता लिएका छन्। दिनहुँ हजारभन्दा बढीले सदस्य लिइरहेको उनको भनाइ छ। रास्वपाले डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत सदस्यता लिन सक्ने व्यवस्था मिलाएको छ। अफलाइन फाराम भरेर पनि सदस्यता लिने विकल्प छ। अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी नै रहेको संगठन विभागले जनाएको छ।
असार पहिलो साता पहिलो महाधिवेशन गर्न लागेको रास्वपामा विभिन्न दल परित्याग गरेर प्रवेश गर्ने क्रम पनि बढेको छ।