सानेपास्थित स्पाबाट किशोरीको उद्धार, सञ्चालिका पक्राउ

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा ललितपुरस्थित एक स्पाका सञ्चालक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका– २ सानेपा अरुण थापाचोकस्थित रहेको शुकल्प स्पा एन्ड थेरामीको सञ्चालिका सुमन थापामगर भन्ने सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको हो । 

स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाइफकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकको इच्छाअनुसार जबर्जस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा बालिकालाई उद्धार गरिएको र सञ्चालिका कुमाललाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाइएको ललितपुर परिसरका एसपी गौतम मिश्रले बताए। 
 

सुझावित समाचार