राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न जिल्ला निर्वाचनबाट मोरङ सभापतिमा भरत कँडेल निर्वाचित भएका हुन् ।
रास्वपा मोरङको उपसभापतिमा विमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित कँडेल रास्वपा मोरङका संस्थापक सभापति तथा डेढ वर्षअघि सम्पन्न भेलाबाट निर्वाचित जिल्ला सभापति हुन् ।