राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये नाै जिल्लाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सम्बन्धित जिल्लाहरूमा नयाँ नेतृत्व चयन गरिएको छ।
रास्वपाका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ भने सिन्धुपाल्चोकको अधिवेशन विभिन्न कारणले स्थगित गरिएको छ।
हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको विवरण यसप्रकार छः–
१. काठमाडौं : राजा शाक्य
२. भक्तपुर : रामेश्वर बस्नेत
३. काभ्रेपलाञ्चोक : प्रविन ढकाल
४. सिन्धुली : अविनाश बस्नेत
५. रामेछाप : रमेश रायमाझी
६. दोलखा : दिनेश बस्नेत
७. नुवाकोट : रामेश्वर गजुरेल
८. धादिङ : राजन अर्याल
९. मकवानपुर : सञ्जीव पाठक