मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आज कावासोतीमा भएको चौथो अधिवेशनले मञ्जु दर्लामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। 

अधिवेशनले उपाध्यक्षमा टीका गुरुङ, सचिवमा विनिता कानुमगर, सहसचिवमा पवित्रा दरै, कोषाध्यक्षमा मीना भुजेल, सदस्यहरूमा कमला श्रेष्ठ, यमकुमारी महतो, पार्वती माझीलगायतको १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। 

ज्योतिकुमारी दरैको अध्यक्षतामा भएको अधिवेशनको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यतामा भएको थियो। 

कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले यो सरकारले संविधान संशोधनको नाममा आदिवासी जनजाति र जनजाति महिलाहरूको अधिकार कटौती गर्न लागेकोले आदिवासी जनजाति महासंघको नेतृत्वमा आन्दोलन अगाडि बढाइएको बताइन्। उनले संविधानसभाबाट सुनिश्चित गर्न छुटाएका आदिवासी जनजातिका अधिकारहरू सुनिश्चित गर्नुपर्नेमा सुनिश्चित भएका अधिकारसमेत कटौती गर्न खोजेकोले आन्दोलन गर्न बाध्य भएको बताए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका गण्डकी प्रदेश अध्यक्ष मिलन भुजेल, प्रदेश सहसचिव पम्फादेवी श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए।
 

सुझावित समाचार