रास्वपा मकवानपुरमा सञ्जीव पाठकको नेतृत्व

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनले सञ्जीव पाठकलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । शनिबार हेटौँडामा सम्पन्न अधिवेशनले पाठकलाई जिल्ला सभापतिमा चयन गरेको हो। अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्यसमितिसमेत सर्वसम्मत चयन भएको छ।

समितिको उपसभापतिमा टाकाराज थापा (सुरेश), सचिवमा विशभ अधिकारी तथा सहसचिवमा शान्ति थापा बिडारी चयन भएका छन्। यसैगरी सम्मेलनले जिल्ला सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याललाई सर्वसम्मत चयन गरेको छ।

कोषाध्यक्षमा जिल्ला समितिका निर्वाचित सदस्यहरूमध्येबाट एकजनालाई मनोनयन गरिने रास्वपा मकवानपुरले जनाएको छ।

सम्मेलनले मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को सभापतिमा हरिहर खतिवडा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सभापतिमा देवकुमार अर्याललाई चयन गरेको छ।

मकवानपुरका १० वटै स्थानीय तहबाट आएका ४ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनले संगठन विस्तार, सदस्यता वृद्धि र पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

See More On

सुझावित समाचार