जिल्लामा वृक्षरोपण कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ । शुक्रबार विश्व वातावरण दिवस २०२६ को अवसरमा छायानाथ रारा नगरपालिका मुगु र डिभिजन वन कार्यालय मुगुको संयुक्त आयोजनामा नगरपालिका– ४ स्थित लेतेखोलामा वृक्षरोपण गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणसमेतको उपस्तिथि रहेको थियो ।
जहाँ उत्तिस, बकाइनो, टिमुर, कागतीलगायत विभिन्न जातका बिरुवा रोपिएको थियो । कार्यक्रममा उपस्थित सबैले बिरुवा रोपेका थिए ।
कार्यक्रम बिहान ७ बजे डिभिजन वन कार्यालय मुगुबाट ब्यानरसहित प्लेकार्ड बोकेर प्रभातफेरी सन्देशमूलक नारासहित छायानाथ रारा नगरपालिका– ४, लेतेखोलामा पुगी वृक्षरोपण गरेर समापन गरिएको थियो । वृक्षरोपण जिल्ला अस्पताल मुगु र रारा क्याम्पस मुगुले समेत गरेका थिए ।