त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरद्वारा एक करोड ७० लाखबराबरका उपकरण प्रदान

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले उच्च प्रविधियुक्त ओपिडी सेवाका लागि त्रिवि शिक्षण अस्पताललाई एक करोड ७० लाख रुपैयाँबराबरका प्रविधि, साधन तथा उपकरण प्रदान गरेको छ। बिहीबार एक कार्यक्रमबिच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त सहयोग हस्तान्तरण गरेकी हुन्।

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरूमा शुल्क भुक्तानी गर्न सकिने, बिरामी आफैँले रिपोर्ट प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेक्सटप छन्। 

यस्तै, चुस्त सेवाका लागि सर्भर र र्यामको क्षमता वृद्धि गरिएको छ। यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरू सार्वजनिक खरिद प्रक्रियाबाट एक करोड ७० लाख १६ हजार ६७० रुपैयाँमा प्राप्त भएको महानगरले जनाएको छ।

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालहरूमा पैसा तिर्नदेखि लिएर उपचार गराउनसम्म घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन्।

सुझावित समाचार