विराट शिक्षण अस्पतालमा एआई प्रविधिको अल्ट्रासाउन्ड मेसिनबाट उपचार

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक एआई प्रविधिको अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा ल्याएको छ ।  

मोरङको बुढीगंगा गाउँपालिका– २ स्थित टंकीमा रहेको विराट शिक्षण अस्पतालको दाबीअनुसार   आर्टिफिसियल इन्टेलिजेन्स सक्षम (जिई युएसजी ) अल्ट्रासाउन्ड मेसिन  नेपालमै पहिलोपटक सञ्चालनमा आएको   हो । 

अब कोशी प्रदेशका  बिरामीले अत्याधुनिक डायग्नोस्टिक सेवा आफ्नै सहरमा सर्वसुलभ रूपमा  पाउने अस्पताल प्रशासनले जनाएको छ ।  

अस्पतालका  प्रशासन प्रमुख प्रमेशराज देवकोटाले एआई प्रविधिको यो मेसिनले परम्परागत अल्ट्रासाउन्डको तुलनामा  शरीरका भित्री अंगहरूको तस्बिर अत्यन्तै सूक्ष्म र स्पष्ट रूपमा प्रदर्शन गर्छ । यसमा रहेका सूक्ष्म उपकरणहरूले   अंगहरूको बनावट स्वतः पहिचान गरी स्वचालित रूपमा नाप लिने गर्दछन् ।  

 जसले मानवीय त्रुटिको सम्भावनालाई कम गरेर भरपर्दो रिपोर्ट प्रदान गर्ने हस्पिटलको भनाइ छ । एआई प्रविधिका कारण शरीरको आन्तरिक जाँच प्रक्रिया  ४० प्रतिशतसम्म छिटो हुन्छ ।  चिकित्सकहरूलाई उपचारको सही निर्णय लिन सहज बनाउँछ ।   

सुझावित समाचार