राष्ट्रिय सभाकाे आजकाे बैठक प्रधानमन्त्रीकाे सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षीकाे अवराेधले स्थगित भएकाे छ । वैकल्पिक वित्त परिचालन विधेयकमा छलफल गर्न १:१५ बाेलाइएकाे बैठक विपक्षीकाे अवराेधले बुधबार १२:१५ बजेसम्ममा लागि स्थगित भएकाे हाे ।
विपक्षीले प्रधानमन्त्रीले आफ्नाे अभिव्यक्ति फिर्ता लिनुपर्ने र सदनबाट माफी माग्नुपर्ने माग गरेका छन् । विपक्षीकै विराेधले १ बजे बाेलाइएकाे प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेकाे छैन ।