राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको सभापतिमा कृष्ण निरौला चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपसभापतिमा निर्मला गिरी बुढाथोकी, सचिवमा अम्बर कटुवाल, सहसचिवमा विष्णु निरौला (आकाश) निर्वाचित भएका छन्।
सचिव कटुवालका अनुसार पार्टी केन्द्रीय कोषाध्यक्ष एवं सचिवालय सदस्य लीमा अधिकारीले अधिवेशनको उद्घाटन गरेकी हुन्। अधिवेशनमा केन्द्रीय सदस्य रोहन कार्की, प्रदेश कार्यवाहक सभापति सरिन तामाङ, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशी, क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य आशा झा तथा जिल्ला सभापति भरत कँडेलको उपस्थिति रहेको थियो। पार्टीको विधानअनुसार २५ सदस्यीय महानगर कार्यसमिति रहने व्यवस्थाबमोजिम २३ जना निर्वाचित र २ जना मनोनीत सदस्य रहनेछन्।