हामीले प्रधानमन्त्रीको अनुहार हेर्न बोलाएका होइनौँ : सांसद महर

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले आफूहरूले अनुहार हेर्न प्रधानमन्त्रीलाई संसदमा नबोलाएको स्पष्ट पारेका छन्। आइतबार प्रधानमन्त्रीले ६ सांसदको प्रश्नको जवाफ दिएर गएपछि महरले असन्तुष्टि जनाएका हुन्।

‘आज सदनमा प्रधानमन्त्रीज्यू उपस्थित हुने कुरा स्वागतयोग्य छ। म धन्यवाद भन्न चाहन्छु। तर, म स्पष्ट पार्न चाहन्छु हामीले प्रधानमन्त्रीको अनुहार हेर्न माग गरेका होइनौँ,’ उनले भने।

प्रतिनिधिसभा नियमावलीले १५ जनासम्मको प्रश्न लिने, तीन दिन अगावै  प्रधानमन्त्री संसदमा आउने जानकारी दिनुपर्नेलगायतका व्यवस्था गरेको उल्लेख गर्दै महरले आफूहरूले प्रश्न राख्न नपाएकोमा आपत्ति जनाए।

‘प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गर्ने, कति प्रश्नोत्तर गर्ने, कहिले गर्ने भन्ने विषयमा स्पष्टसँग व्याख्या गरिएको छ। तीन दिनअगावै प्रधानमन्त्री आउने कुराको जानकारी हुनुपर्छ र प्रश्न लिइनुपर्छ,’ महरले भने।

सभामुखले नियमावलीको गलत व्याख्या गरेको भन्दै उनले सभामुखकै अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन मागसमेत गरे।

See More On

सुझावित समाचार