राजधानीमा नेकपाका स्थानीय जनप्रतिनिधिको भेला

प्रज्ञा भवन कमलादीमा बुधबार सुरु भएको भेला बिहीबार समापन हुँदै

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीको स्थानीय तहका जनप्रतिनिधिको दुईदिने भेला राजधानीमा सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बुधबार सुरु भएको भेला बिहीबार समापन गर्ने तयारी छ ।

भेलामा नेकपाका देशभरका जनप्रतिनिधि सहभागी छन् । भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले आगामी कार्ययोजना प्रस्तुत गरेका छन् । स्थानीय तह बलियो भए मात्रै केन्द्रीयस्तरमा समाजवादउन्मुख गन्तव्य हासिल गर्न आवश्यक आधार तयार हुने उनको ठम्याइ छ ।

विगतका कमजोरीको समीक्षा गर्दै नयाँ पुस्तालाई पूर्ण विश्वासमा लिएर उनीहरूको ऊर्जा र क्षमतालाई देश विकासमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

सापकोटाले पालिकामा रहेका स्रोत, साधन र स्थानीय विशेषताको निरन्तर अध्ययन, अनुसन्धान, अन्वेषण र उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । आगामी स्थानीय तहको निर्वाचन समाजवादी क्रान्तिको आधार तयार पार्ने लडाइँ हुने नेकपाको ठम्याइ छ ।  

See More On

सुझावित समाचार