अवैध तीन थान भरुवा बन्दुक बरामद

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

सल्यानमा सामुदायिक वनभित्र लुकाई–छिपाई राखेको तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका– १२, चौरस्थित सिद्धगुफा सामुदायिक वनमा बेवारिसे अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सामुदायिक वन बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उक्त बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 
 

सुझावित समाचार