कामना सेवा विकास बैंकद्वारा डोनर बेड हस्तान्तरण

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० थान डोनर बेड हस्तान्तरण गरेको छ । बैंकले शाखा कार्यालय विराटनगरमार्फत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुखदेवप्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरेका हुन् । सभापति मण्डलले सहयोगका लागि बैंकलाई धन्यवाद दिए । यो सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदातालाई सहज वातावरण उपलब्ध गराउन महŒवपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । 

प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । रक्त संकलन सेवा सञ्चालनमा डोनर बेड अत्यावश्यक हुने भएकाले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यको उपस्थिति थियो । बैंकले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सुझावित समाचार