पशुपति विकास कोष घेराउ गर्दै तिलगंगाका बासिन्दाले भने– हामी पीडित हौँ, पीडक होइन

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

तिलगंगा क्षेत्रको बस्ती हटाइएपछि त्यहाँका स्थानीयले पशुपति क्षेत्र विकास कोषको कार्यालय पुगेर प्रदर्शन गरेका छन्। ‘हामी पीडित हौं पीडक होइन, हामी स्थानीय हौं सुकुम्बासी होइन’ भन्दै उनीहरुले बुधबार विरोध प्रदर्शन गरेका हुन्।

गुरुयोजनालाई आधार मानेर आफूहरुको सम्पत्ति अधिकरण गरे पनि गुरुयोजनमै लेखिएको स्थान्तरणलाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

पशुपति क्षेत्रको बृहत्तीकरण र विकासका लागि चक्रपथमा जोडिएको आफ्नो स्थान छोडी स्थान्तरण हुन राजी भएको स्मरण गराउँदै उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘यदि स्थानीय समुदायलाई नै अपमानित, विस्थापित र अधिकारविहीन बनाइन्छ भने संरक्षणको नाममा जोगाइने सम्पदा आखिर कसको लागि हो ?’


तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार