सञ्चारमन्त्री तिमिल्सिनाले भने- प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आवश्यक छ

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले  प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आवश्यक रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको अधिकार कसैले खोस्न नसक्ने उल्लेख गर्दै यो कुनै व्यक्ति वा सरकारको अनुकम्पाबाट प्राप्त नभई संवैधानिक अधिकार भएको बताए।

उनले प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता नभएको उल्लेख गर्दै पत्रकारितामा जिम्मेवारी र उत्तरदायित्व पनि सँगसँगै आउनुपर्नेमा जोड दिए।

कानुनको दायराभित्र रहेर पत्रकारिताको गरिमा र मर्यादा कायम गर्दै काम गरे सरकारबाट कुनै अवरोध नहुने उनको भनाइ थियो। साथै, उनले पत्रकारहरूलाई आफ्नो संवैधानिक अधिकार गरिमा र सीमाभित्र रहेर प्रयोग गर्न आग्रह गरे।

सुझावित समाचार