कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका– ७ का ४१ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन्।
बुधबार ३ बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ ।
चौधरीउपर ०७८ वैशाख १३ गते सुनसरी जिल्ला अदालतले ज्यान मुद्दा कसुरमा २० वर्ष कैद सुनाएको थियो । तर, उनी कैद भुक्तान नगरी फरार भएका थिए ।