विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

बैतडीका तीन विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ। दशरचन्द नगरपालिका–४ काे नागार्जुन आधारभूत विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय  र दशथचन्द आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई उक्त सहयाेग गरिएकाे हाे।

उनीहरूलाई अमेरिका बस्ने ओम आचार्य  तथा अस्ट्रेलिया बस्ने हरि साउदले कापी, झाेला र पाेसाक पठाएर वितरण गरेका हुन् । वीरेन्द्र माविकाे छात्रावासमा बस्ने आमा–बुबा गुमाएका १९ जनालाई विद्यालय पाेसाक वितरण गरिएकाे स्थानीय माेहित भण्डारीले बताए।

त्यस्तै नागार्जुन आबिका ४० जनालाई कापी वितरण गरिएकाे छ भने दशरथचन्द आबिका २१ जनालाई झाेला वितरण गरिएकाे भण्डारीले बताए। दलित, विपन्न तथा आमाबुबा गुमाएका विद्यार्थीकाे पढाइमा सहयाेग गर्न र उत्प्रेरणाका लागि उक्त सहयाेग जुटाएर वितरण गरिएकाे स्थानीय युवा महेश भट्टले जानकारी दिए।

बैतडी सदरसुकामका समाजसेवी युवाहईले चलाएकाे विपन्न वर्गका छात्रछात्रालाई सहयाेग गर्ने अभियान सकारात्मक रहेकाे वीरेन्द्र माविका प्राचार्य हर्क चन्दले बताए।

सुझावित समाचार