माटोको ढिस्को पुरिएर लालझाडीमा महिलाको मृत्यु

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

माटोको ढिस्को पुरिएर कञ्चनपुर लालझाडीकी एक महिलाको मृत्यु भएको छ । सोमबार लालझाडी गाउँपालिका– ४ इटाहा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका– १२ दुवाहकी ३८ वर्षीया हरदुलयी रानाको मृत्यु भएको हो भने अर्की महिला सुन्दर राना घाइते भएकी छिन् । 

स्थानीयले देखेपछि घाइतेको उद्धार गरेर अस्पताल लगिएको छ । घर लिपपोत गर्न रातो माटो ल्याउने क्रममा महिलाले ज्यान गुमाएपछि आफन्त घरपरिवार शोकाकुल भएका छन् । घटनास्थलमा अहिले प्रहरीदेखि स्थानीय, गाउँले र जनप्रतिनिधि पुगेका छन् । 
 

सुझावित समाचार