बर्दियामा रहेको सामुदायिक विद्यालयले एसइईको परीक्षा ५८. ३१ प्रतिशत अंक ल्याएका छन् । बर्दिया रहेका ८७ वटा विद्यालयले एसइईको परीक्षा ५८.३१ प्रतिशत अंक ल्याएका हुन ।
सामुदायिक विद्यालयबाट चार हजार पाँच सय १४ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए । जसमध्ये दुई हजार छ सय ३० जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए ।
त्यसैगरी एसइईको परीक्षामा ३३ संस्थागत विद्यालयका सात सय ४३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये छ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएको खत्रीले बताए ।
एसइईको परीक्षामा बाँसगढी नगरपालिकाले ८३.०९ प्रतिशत नतिजा ल्याएर पहिलो भएको छ । बारबर्दिया नगरपालिकाले ७४.२१ प्रतिशत नतिजा ल्याएर दोस्रो भएको छ । मधुवन नगरपालिकाले ७३.८०प्रतिशत नतिजा ल्याएर तेस्रो भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाले ६९.६३प्रतिशत नतिजा ल्याएर चौथो भएको छ । गेरुवा गाउँपालिकाले ५१.६६ प्रतिशत नतिजा ल्याएर पाँचौ भएको छ । बढैयाताल गाउँपालिकाले ४८.६५ प्रतिशत नतिजा ल्याएर छैटौं भएको छ । गुलरिया नगरपालिकाले ३९. ५३ प्रतिशत नतिजा ल्याएर सातौ भएको छ ।
राजापुर नगरपालिकाले ३९.०८ प्रतिशत नतिजा ल्याएर आठौं भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । गुलरिया रहेको महाकवि देवकोटा माध्यामिक विद्यालयबाट खुल्ला परीक्षा सहभागी भएका २५ जना अनुत्तीर्ण भएको छन् ।