प्रधानमन्त्रीलाई संशोधन शब्दबाट एलर्जी भएजस्तो छ : मातृका यादव

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका सांसद मातृका यादवले प्रधानमन्त्री बालेन्द्र शाहलाई संशोधन शब्दबाट एलर्जी भएको टिप्पणी गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि सांसद यादवले भने, ‘मलाई लाग्छ प्रधानमन्त्रीजीलाई संशोधन शब्दबाट एलर्जी छ। त्यसैले उहाँ आइरहनुभएको छैन।’

नीति तथा कार्यक्रम कुनै छलफलविना ल्याइएको भन्दै उनले विगतमा आफूहरूलाई झोले भन्नेहरूले अहिले कार्यकर्तालाई ‘बोरे’ बनाउन खोजेको आरोप लगाए।

‘हामीलाई झोले भन्नुहुन्थ्यो। यहाँ बोरे बनाउन त खोज्नुभएको छैन? त्यसैले नयाँ परम्परा हुनुपर्यो। सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर सुझावसहित ल्याउनुपर्थ्यो।’

उनले रुग्ण अवस्थामा रहेका उद्योगहरू छिट्टै सञ्चालनमा ल्याउनसमेत सरकारसँग माग गरे।

सुझावित समाचार