शिक्षामन्त्री पोखरेलले भने– राजनीति गर्न शिक्षकले ‘मार्कर’ छोड्नुपर्छ

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षण संस्थामा व्यावसायिकता कायम गर्न शिक्षकहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। उनले राजनीति गर्ने इच्छा भए शिक्षकहरूले ‘मार्कर’ छोडेर आउनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा क्षेत्रका कमजोरी सुधार्न सरकार प्रतिबद्ध रहेको बताए। विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्दै शैक्षिक वातावरणलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।

उनका अनुसार इन्धन अभाव र मन्त्रिपरिषद्को निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गरिएको हो। साथै, सर्वोच्च अदालतको अन्तरिम आदेशपछि भर्ना र पठनपाठन तालिकामा परिवर्तन गर्दै वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गरिएको जानकारी उनले दिए।

विद्यालय शुल्क नियमन गर्ने अधिकार स्थानीय तहको भएकाले त्यससम्बन्धी समन्वय भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले तोकिएभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने चेतावनी दिए।

सुझावित समाचार