माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक चलिरहेको छ।
सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसिरहेको हो। ५ः३० बजेदेखि सुरु भएको बैठकले नतिजा प्रकाशन गर्ने समय तय गर्दै छ।
बैठकलगत्तै डेमो गरिनेछ। त्यसलगत्तै नतिजा सार्वजनिक हुने बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले जानकारी दिए।