आठ अध्यादेश प्रतिनिधिसभामा पेस

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले आठवटा अध्यादेशलाई प्रतिनिधिसभामा पेस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का तर्फबाट सम्बन्धित मन्त्रीहरूले आइतबारको बैठकमा अध्यादेश पेस गरेका हुन्।

कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश २०८३ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३ पेस गरिन्।

यसैगरी, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशाेधन अध्यादेश २०८२ अर्थमन्त्री स्वर्णिम वाग्ले, सहकारी पहिलो संशाेधन अध्यादेश २०८३ भूमि व्यवस्थामन्त्री प्रतिभा रावल, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश २०८३ स्वास्थ्यमन्त्री निशा मेहता र विश्वविद्यालयसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश शिक्षामन्त्री सस्मित पोखरेलले पेस गरेका हुन्।

सुझावित समाचार