मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

मोरङको रतुवामाई नगरपालिका– २, घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । पाँच सय दरको ४० बन्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो ।

आइतबार राति भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागी जाँच गर्ने क्रममा मोटरसाइकलकाे पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए । बरामद रुपैयाँ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सुझावित समाचार