लक्ष्मी सनराइज बैंक र आइएफसीबिच सहकार्य सम्झौता

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

लक्ष्मी सन्राइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सम्झौता गरेको छ । दुवै पक्षबिच ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत थग्लोबल डब्ल्युएमएसएमई सेक्स डिसएग्रिगेटेड डेटा सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आइएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल उमन आन्टरप्रेनर्स फाइनान्स इनिसिएटिभ (विइ–फाई)ले सहयोग गरिरहेको छ । विइ–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लाटफर्म हो ।

यसअन्तर्गत सञ्चालन हुने वुमन आन्टरप्रेनर्स फाइनान्स कोड वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबिचको साझा प्रतिबद्धता हो । यसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राख्छ ।

सहकार्यअन्तर्गत आइएफसीले बैंकलाई लैंगिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइ विकास गर्न मद्दत गर्ने बताइएको छ । यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सक्नेछ ।

सुझावित समाचार