मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

बर्दियाको बारबर्दिया नगरपालिकाले वन्यजन्तुको आक्रमण बढ्दै गएपछि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । खाता सामुदायिक वन समन्वय समितिले बारबर्दिया नगरपालिकामा वन्यजन्तुको आक्रमणको बढ्दै गएपछि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको हो । 

पछिल्लो समय बारबर्दिया नगरपालिकाको विभिन्न वडामा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गइरहेको छ । बढ्दै गइरहेको मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने उद्देश्यका साथ पालिकाका विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गरिएको छ । 

वन्यजन्तुको आक्रमणबाट बर्दियामा चालू आर्थिक वर्ष ०८२/८३ मा सामुदायिक वन क्षेत्रमा ११ र निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाँचजनाको मृत्यु भएको छ भने गत आर्थिक वर्ष ०८१/८२ मा  सामुदायिक वन क्षेत्रमा ६ जनाको मृत्यु र निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईजनाको मृत्यु भएको छ ।आर्थिक वर्ष ०८०/८१ मा  सामुदायिक वन क्षेत्रमा पाँचजनाको मृत्यु भएको छ ।

जंगल जाँदा अपनाउनुपर्ने सुरक्षाको उपाय र वन्यजन्तुको आनीबानीबारे बारर्दिया नगरपालिकाको  वडा नं. १० र ११ का बासिन्दालाई सचेत बनाउन तराई भू–परिधि कार्यक्रमको सहयोगमा सचेतनामूलक कार्यक्रम गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । उनले भने, ‘समुदायलाई वन्यजन्तुको आनीबानी र व्यवहारबारे  जानकारी दिन २५ ठाउँमा सचेतनामूलक कार्यक्रम गरिएको छ भने तीन ठाउँमा सडक नाटकसमेत देखाइएको छ । यसरी समुदायस्तरमा कार्यक्रम गर्दा मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने विश्वासले कार्यक्रम आयोजना गरिएको हो ।’

सुझावित समाचार