पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा सरकारी गाडीको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका– १०, सिस्नेमा गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा.२झ ३८५४ नम्बरको कावासोती कोलेनिकाको टाटासुमो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीको ठक्करबाट घाइते भएका चितवनको भरतपुर नगरपालिका– १७, शुक्रनगरका ४७ वर्षीय श्यामबहादुर भुजेलको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए। प्रहरीले सवारीसाधन र चालक कावासोती नगरपालिका– ३ का रोशन सार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ।