एसबिआईको वित्तीय साक्षरता कार्यक्रम

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

 नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ मनाएको छ । यसै अवसरमा बैंकले देशका विभिन्न ४४ स्थानमा २ देखि ८ चैतसम्म विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीलाई बचतको महŒव, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीलगायत विभिन्न विषयमा जानकारी गराएको थियो । उक्त कार्यक्रम कोशी प्रदेशको इटहरी, भोजपुर, विराटनगर, बरगाछी, बिर्तामोड, इलाम, दमक र फिदिममा सञ्चालन गरिएको थियो  ।

त्यसैगरी, मधेशका सिमरा, बर्दीबास, वीरगन्ज, चन्द्रनिगाहापुर, राजगढ, पिडारी चोक र जनकपुर, बागमतीका पाटन, धादिङ, नारायणगढ र हेटौँडामा कार्यक्रम गरिएको बैंकले जनाएको छ । गण्डकीका दुलेगौँडा, पोखरा, आबुखैरेनी, बँेसीसहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवामा पनि वित्तीय साक्षरता आयोजना गरिएको छ । लुम्बिनीका सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही र रामपुर बजार, कर्णालीका सुर्खेत र चामुण्डा, सुदूरपश्चिमका धनगढी, गन्यापधुरा, डडेलधुरालगायतका स्थानमा सञ्चालित कार्यक्रममार्फत तीन हजारभन्दा बढी विद्यार्थी तथा युवा लाभान्वित भएका छन् ।

सुझावित समाचार