प्रतिनिधिसभा निर्वाचन : रास्वपा १२२ स्थानमा विजयी, ६ क्षेत्रको मतपरिणाम आउन बाँकी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा क्षेत्र नं. १ बाहेक ६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ।

आयोगका अनुसार सुनसरी–४, नुवाकोट–१, गोरखा–१, इलाम–१, संखुवासभा–१ र अछाम–२ को मतगणना अझै जारी छ। ती क्षेत्रहरूको अन्तिम परिणाम आउन बाँकी रहँदा हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२२ सिटसहित पहिलो स्थानमा छ।

त्यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस १७ सिटसहित रहेको छ भने नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले समान ७–७ सिट जितेका छन्। श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिटमा विजय हासिल गरेको छ। यसैगरी, स्वतन्त्र उम्मेदवारतर्फबाट पनि १ जना विजयी भएका छन्।

उता धनुषा क्षेत्र नं. १ को मतगणना भने हाललाई स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ। उक्त क्षेत्रमा देखिएको विवादका कारण मतगणना रोकिएको बताइएको छ।

सुझावित समाचार