सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार दिउँसो सार्वजनिक
अन्तिम मत परिणामअनुसार साम्पाङले ३४ हजार ६२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २३ हजार ४२५ मत प्राप्त गरिन्। साम्पाङ तामाङलाई १० हजार ६९० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तेस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मनोज भट्टराईले पाँच हजार ८४१ मत प्राप्त गरे। नेकपा (एमाले)का टीकाराम लिम्बूले पाँच हजार ५४९ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार तीन हजार ७५२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भए।