दाङ ३ मा रास्वपाका सुवेदी विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

दाङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार सात सय ९५ मतले हराउँदै सुवेदी विजयी भएका हुन्। उनले ४४ हजार दुई सय ४८ मत ल्याए भने कांग्रेसका गिरीले १६ हजार चार सय ५३ मत ल्याए। 

त्यस्तै, एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याएका छन्, भने नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीन सय २८ मत ल्याए। 
 

सुझावित समाचार